उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता : लक्ष्मी मावि र गोरखा विजयी




काेहलपुर । ७ औँ उपमेयर कप छात्रा क्रिकेट प्रतियोगिता–२०८१ काे पहिलो उद्घाटन खेलमा लक्ष्मी माध्यमिक विद्यालय र गोरखा युनाइटेड पब्लिक स्कुलले विजयी सुरूवात गरेका छन् । लक्ष्मी माविले एभरेष्ट सैनिकलाई र गोरखाले विस्टर्नलाई हराउदै विजयी सुरूवात गरेका हुन् ।

पहिलो खेलमा लक्ष्मी माविले एभरेस्ट सैनिक माबिलाई १२५ रनको फराकिलो अन्तरले जित हासिल गरेको छ । कोहलपुर स्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन प्रतियोगितामा लक्ष्मी माबिले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । एभरेस्ट सैनिकलाई बलिङकाे निम्तो दिएको लक्ष्मी माबिले १५ ओभरमा ३ विकेट गुमाउँदै १६४ रन बनाएको थियो।

लक्ष्मी माबिले दिएको १६४ रनको लक्ष्य एभरेस्ट सैनिकले ९ विकेट गुमाउँदै ३९ रहनमा मात्रै समेटिएको हाे । लक्ष्मी माबिलाई जित दिलाउन गिता परियारले ४ विकेट लिएर प्यलेर अफद म्याच समेत प्राप्त गरिन् ।

यस्तै दाेस्राे खेलमा गोरखा युनाइटेड पब्लिक स्कुलले विस्टर्न स्कुललाई ७ रनले हराएको छ । ९२ रनकाे लक्ष्य पाएकाे गोरखा स्कुलले ५ विकेट गुमाउँदै ९९ रन बनाएर विजयी हासिल गरेको हो। उक्त खेलकाे प्यलेर अफद म्याच गोरखा स्कुलकी विपिका वलीले प्राप्त गरिन् ।

उनलाई राष्ट्रिय खेलकुद परिषद्का सिनियर काेच दिपेन्द्र प्रताप सिंहले प्यलेर अफद म्याच हस्तान्तरण गरेका थिए । पहिलो दिन दुईवटा खेल सञ्चालन भएका थिए । प्रतियोगितामा सामुदायिक र संस्थागत विद्यालय गरे जम्मा १९ वटा विद्यालय सहभागी रहेका छन् । खेल १३ गतेसम्म सञ्चालन हुने छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ फागुन ८ गते बिहीबार