कोहलपुर । कोहलपुर नगरपालिका ५ मा रहेको व्रिज इन्टरनेशनल स्कुलले चौथो संस्थापक दिवस तथा अभिभावक दिवस मनाएको छ । शनिबार कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले उद्घाटन गरी चौथो संस्थापक दिवस तथा अभिभावक दिवस सुरु भएको थियो ।
कार्यक्रममा चारवटा हाउसका विद्यार्थीहरुले प्रमुख अतिथि तथा सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मालाई सलामी दिएका थिए ।
सामाजिक विकास समितिका संयोजक विश्वकर्माले बालबालिकालाई बहुआयामी बनाउन आग्रह गरेका छन् । संस्थागत विद्यालयको शिक्षा क्षेत्रमा गरेको लगानीलाई संरक्षण गर्ने निति आवश्यक रहेकोले नगरपालिकाले गर्नुपर्ने भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै व्रिज इन्टरनेशल स्कुलका अध्यक्ष तथा कार्यक्रममा सभापति शिव कुमार पौडेलले विद्यालयलाई नयाँ उचाई सम्म पु¥याउन सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।
दिवसको अवसरमा कक्षा २ देखि १० कक्षा सम्मका बालबालिकाहरुले हिमालमा हिउँ, रुकुमै कोट, डाँडै काटेर, सुन हो कि फलाम, टुना र डम्फु बजाउँदै, प्रदेशी छुक छुक रेल, मैना गित र झ्याउरे गितमा नृत्य गरेका थिए ।
चौथो फाउडर कप २०८० को फुटसलतर्फ कक्षा ४ देखि ७ विजेता अन्नपूर्ण हाउस र कक्षा ८ देखि १० सम्मका विजेता माछापुच्छे हाउस भएको थियो भने चौथो फाउडर कप २०८० को कन्चजङघा हाउस विजेता भएका थिए । विजेताहरलाई प्रमुख अतिथि ईश्वरी प्रसाद विश्वकर्मा तथा कार्यक्रमका सभापति तथा विद्यालयका अध्यक्ष शिव कुमार पौडेलले मेडल र प्रमाण पत्र सहित पुरस्कार हस्तान्तरण गरेका थिए ।
यस्तै फुटसलतर्फ वेष्ट पिलिएर विनोद विसी, फुटबल तर्फ नीरज बम ठकुरी, भलिबल तर्फ बेनीप रोकायलाई मेडल र प्रमाण हस्तान्तरण गरिएको थियो ।
यस्तै शैक्षिक सत्र २०८० मा उत्कृष्ट तहगत कक्षाहरुमा प्रथम, द्धितीय र तृतीय हुनेलाई समेत सम्मान गरिएको थियो ।
यस्तै कार्यक्रममा कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमाल, प्याब्सन बाँकेका निर्बतमान अध्यक्ष यम बहादुर रावत, प्याब्सनका कोहलपुर नगर सल्लाहाकार गोविन्द सुवेदी, नगर अध्यक्ष रमेश खत्री लगायत अभिभावक र विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्