खजुरा । रुकुम (पश्चिम) चौरजहारी र बाँके खजुराले ‘जनयुद्ध दिवस’ को अवसरमा भोलि फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संघिय लोकतान्त्रिक गणतन्त्रको स्थापनाको जगको रुपमा रहेको २०५२ साल फागुन १ गतेलाई स्मरण गर्दै रुकुम (पश्चिम) चौरजहारी नगरपालिका र बाँके खजुरा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
नगररपालिका/गाउँपालिकामा स्वास्थ्य सम्बन्धी अत्यावश्यक सेवा बाहेक पालिका अन्तर्गतका सबै वडा कार्यालय, विद्यालय लगायत एक दिन बिदा दिइएको छ ।
‘उत्पीडित जनताको मुक्तिको लागि तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र जनयुद्धले देशमा संघिय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, धमर्निरपेक्ष लगायत धेरै उपलब्धी नेपाली जनताले प्राप्त गरेका छन् ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार
प्रतिक्रिया दिनुहोस्