काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना भएको छ ।
चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार












प्रतिक्रिया दिनुहोस्