काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-५ मा स्कुल बस दुर्घटना भएको छ ।
चाबहिलस्थित एसएस एकेडेमीको बस बुधबार दिउँसो साढे ४ बजेतिर मोडबाट पल्टिँदा २ जनाको मृत्यु भएको प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए ।
उनका अनुसार दुइटा बसमा विद्यार्थीसहित ९२ जना नगरकोटमा पिकनिक खाएर फर्किँदै गरेका थिए । त्यसमध्ये एउटा बस दुर्घटना भएको हो ।
प्रकाशित मिति : २०८१ माघ ३० गते बुधबार
प्रतिक्रिया दिनुहोस्