नेपाली बजारमा आज मंगलबार सुनको मूल्य एक लाख ७० हजार रुपैयाँ नाघेको छ । आज छापावाल सुन तोलामा एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
हिजो एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी भने केही घटेर एक हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला एक लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०८१ माघ २९ गते मंगलबार












प्रतिक्रिया दिनुहोस्