काेहलपुरकाे डायनामिक विद्यालयमा बृहत रक्तदान, ८१ पिन्ट रगत संकलन




कोहलपुर । डायनामिक माध्यमिक विद्यालय कोहलपुरले बृहत रक्तदान कार्यक्रम गरेको छ । विद्यालयका प्रिन्सीपल रविन्द्र रेग्मीको रक्तदानबाट कार्यक्रमको उद्घाटन गरीएको थियो ।

विद्यालयका विद्यार्थी,अभिभावक तथा शिक्षक कर्मचारीहरुको उपस्थितिमा रक्तदान कार्यक्रम गरीएको विद्यालयका लेखा प्रमुख ओम प्रकाश न्यौपानेले बताए ।

प्रमुख न्यौपानेका अनुसार ८१ पिन्ट रगत संकलन गरीएको बताए । विद्यालयको २०औ बार्षिक कार्यक्रमको उपलक्ष्यमा सामाजिक उत्तरदायित्वलाई निभाउँदै पछिल्लो समय रगतको अभावले कसैको पनि ज्यान जान नपरोस भन्ने उदेश्य स्वरुप विद्यालयले बृहत रक्तदानको कार्याक्रम गरीएको विद्यालयका प्रिन्सिपल रेग्मीले बताए ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतबार