गाेरखा युनाइटेड स्कुलमा स्वामी डा. विकासानन्दकाे याेग शिविर सम्पन्न




काेहलपुर । गाेरखा युनाइटेड पब्लिक स्कुल,काेहलपुरकाे आयाेजनामा २ दिने ध्यान योग शिविर सम्पन्न भएकाे छ।

विद्यार्थी, अभिभावक, शिक्षक लगायत सबैमा सकारात्मक सोचको विकासका गर्नका निम्ति गाेरखा युनाइटेड पब्लिक स्कुलकाे प्राङ्गणमा शिविरकाे आयाेजना गरिएको संस्थापक सञ्चालक केशर वहादुर आले मगरले बताए ।

संस्थापक आलेले विश्वमा भईरहेको हत्या हिंसा, काटमार र विकृति विसंगतिले समाजमा नकारात्मक असर परिरहेको औंल्याउदै सांस्कृतिक विचलनवाट समाजलाई वचाउन यस्ता मनोक्रान्तिका शिविरहरु आम नेपालीहरुलाई अनिवार्य भईसकेको वताए ।

यस्तै डा. योगी विकासानन्दले शरीर र मनलाई स्वस्थ्य बनाउन आत्मबल दरिलो बनाउनुपर्नेमा जोड दिँदै त्यसका लागि ज्ञान योग धयन र साधना नै महत्वपूर्ण औषधी हुने विचार राखे ।

यस्तै लुम्विनी प्रदेशका सांसद कृष्ण केसि नमुना, कोहलपुर नगर प्रमुख पुर्ण प्रसाद आचार्य, उप प्रमुख संगिता सुवेदी, वडा नं. २ का वडा अध्यक्ष हरसिंह कठायत, शशत्र प्रहरी वरिष्ठ उपरिक्षक गंगाराम श्रेष्ठ, नेपाली सेनाका प्रमुख सेनानी बाल कृष्ण कार्कि, विद्यालयका सञ्चालक, अभिभावक शिक्षक कर्मचारी, विद्यार्थी लगाएतकाे सहभागिता रहेको थियो ।

योग तथा ध्यान शिविरमा करिव २ हजार ५ सय बढि साधकहरुको सहभागिता रहेकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २४ गते बिहीबार