Kohalpur Today Header Ads

युरोमा नयाँ विधिवाट अक्षरारम्भ




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका वडा नं. १० रामनगरमा रहेको युरो स्कुललले विद्यालय प्रांगणमा नयाँ विधिको प्रयोग गर्दै वालवालिकाहरुलाई वसन्त मञ्चमीका अवसरमा अक्षरारम्भ अभियानको शुभारम्भ गरेको छ ।

विद्यालयमा नयाँ भर्ना हुन आएका वालवालिकाहरुले सिकेको पहिलो अक्षर, उनीहरुका कलिला हातका रेखांकन सहितको फोटो फ्रेममा राख्दै अभिभावकहरुलाई हस्तान्तरण गर्दै अक्षरारम्भको कार्य गर्दै नयाँ विधि अपनाईएको विद्यालयले दावि गरेको छ ।

LIfe Ok

विद्यालयका कार्यकारी निर्देशक कमल पछाईले वाल वालिकाहरुको आफनो वयस्क उमेरमा पहिलो पाठशालाको चिनो हेरेर आफनो वालापनको याद गरुन भन्दै अभिभावकहरुलाई वालवालिकाको फोटो सहितको फोटो फ्रेम निशुल्क वितरण गरेको वताए ।

अक्षरारम्भको पहीलो दिन ३० जना वालवालिकाहरु आफनो विद्यालयमा भर्ना भएको जनाउदै निर्देशक पछाईले यो अभियान निरन्तर रहने भन्दै एक हप्ताभित्र नयाँ ५० जना वालवालिका भर्ना गर्ने विद्यालयको लक्ष्य रहेको वताए ।

२०८० सालमा स्थापना भएको विद्यालयले शिक्षा क्षेत्रमा छोटो समयमै फड्को मार्न सफल भएको वताउदै निर्देशक पछाईले नेपालगञ्जमा जसरी युरो स्कुलले ईतिहास रच्न सफल भएको छ त्यसैगरि कोहलपुरमा पनि युरो स्कुलले आफनो नाम रोशनी गर्ने दावि गरे ।

आधुनिक विज्ञान, विधि र पद्धति अनुरुप अध्यन अध्यापन गराउदै आएको विद्यालयले साना कक्षाहरुमा यथेष्ट मात्रामा खेलका सामाग्रिहरु राखेर खेल्दै सिक्दैको अभ्यासलाई निरन्तरता दिएको छ । अनुभवि शिक्षक कर्मचारी र परिपक्को ब्यबस्थापनकासाथ सञ्चालित युरो स्कुलले आज अक्षरारम्भसंगै विद्यालयमा वालवालिकाहरुलाई सरस्वती पुजाका अलावा वसन्त श्रवण समेत गराएको छ ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार