अमेरिकामा अर्को विमान दुर्घटना टर्‍यो




टेक्सस ।

अमेरिकामा अर्को विमान दुर्घटना टरेको छ । टेक्ससको ह्यूस्टनबाट उड्न लागेको विमानमा आगो लागेपछि हत्त न पत्त विमान खाली गराइएको छ ।

विमानका एक यात्रीले खिचेको एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । आइतबार बिहान ८ः३५ बजेतिर जर्ज बुस इन्टरकन्टिनेन्टल विमानस्थलबाट यूनाइटेड एयरलाइन्सको फ्लाइट १३८२ उड्नै लागेको थियो ।

विमान न्यु योर्क सिटीको लागार्डिया विमानस्थल जाँदै थियो । तर विमानको इन्जिनमा समस्या देखिएपछि आगो लागेको बताइएको छ । विमानको एउटा इन्जिनमा समस्या थियो ।

तत्कालै क्रु मेम्बरले विमानको उडान रोकेर विमानभित्र भएका सबै यात्रीलाई ओराले । यस घटनापछि विमानभित्र सवारी सबै १०४ जना यात्रीहरूलाई दुई वटै भ¥याङ र आकस्मिक द्वारबाट सकुशल बाहिर निकालिएको युनाइडेट एयरलाइन्सले एउटा विज्ञप्तिमा भनेको छ ।

विमानभित्र ५ जना क्रु मेम्बर पनि थिए । त्यसपछि उनीहरूलाई बसबाट टर्मिनलमा फर्काइयो । यस घटनामा कसैलाई पनि चोटपटक नलागेको बताइएको छ । दिउँसो २ बजे सबै यात्रीलाई अर्को विमानबाट लागार्डिया विमानस्थलतर्फ पठाइएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २१ गते सोमबार