सोमालियामा इस्लामिक स्टेटविरुद्ध हवाई हमलाको आदेश दिएको ट्रम्पको भनाई




वासिङटन ।

आफूले सोमालियामा इस्लामिक स्टेट (आईएस) समूहका वरिष्ठ आक्रमण योजनाकार र अन्यमाथि सैन्य हवाई आक्रमण गर्न आदेश दिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

उनीहरू गुफामा लुकेर बसेको अवस्थामा भेटिएको सामाजिक सञ्जालमा ट्रम्पले लेखेका छन् । यिनीहरूले अमेरिका अनि यसका मित्र देशहरूलाई धम्क्याएको पनि पोस्टमा लेखिएको छ ।

आक्रमणमा उनीहरू लुकेर बसेको गुफा ध्वस्त पारिएको र सर्वसाधारणहरूलाई क्षति नपुर्याइकन कयौँ आतंकवादीहरू मारिएको बताइएको छ । देशको उत्तरी हिस्सामा आईएसका वरिष्ठ नेतृत्वलाई लक्षित गरेर भएको आक्रमणबारे अमेरिकाले आफूहरूलाई जानकारी दिएको एक्समा सोमालियाका राष्ट्रपति हसन शेख मोहमदले भनेका छन् ।

आक्रमणमा कसलाई निशाना बनाइएको थियो भनेर ट्रम्पले खुलाएका छैनन् ।‘अमेरिकीहरूलाई आक्रमण गर्न खोज्ने आइएस र अन्यका लागि सन्देश यही छ कि हामी तिमीहरूलाई खोज्ने छौँ अनि मार्ने छौँ’ पोस्टमा लेखेका छन् ।

आक्रमण उत्तर–पूर्वी सोमालियाको गोलिस पहाडमा गरिएको अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले भनेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार