माओवादी पदाधिकारी बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा




काठमाडौँ ।

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्ने भएको छ । बिहान ११ बजे प्रचण्ड निवास खुमलटारमा बैठक बस्ने भएको हो ।

नेताहरूको जिम्मेवारी हेरफेर, कार्य विभाजन, अवकाश विद्यार्थीहरूको व्यवस्थापन, पूर्व–पश्चिम तथा मध्य पहाडी राजमार्गमा हुने कार्यक्रमको खाका लगायत समसामयिक विषयमा निर्णय हुन सक्ने सचिव देवेन्द्र पौडेलले बताए ।

यसअघि माघ ८ गते बसेको बैठकले सुदूरपश्चिम, गण्डकी र मधेस प्रदेशको इन्चार्ज फेर्नेबारे छलफल भएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ २० गते आइतबार