Kohalpur Today Header Ads

कांग्रेसका नगर सभापति मृत फेला




कञ्चनपुरमा नेपाली कांग्रेसका नगर सभापति मृत भेटिएका छन्। कांग्रेसको भीमदत्त नगरसभापति अच्युत कलौनी शनिबार बिहान भीमदत्त नगरपालिका-१८ ‍को वडा कार्यालय नजिकको बाटोमा मृत भेटिएका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी गणेश चन्दका अनुसार कलौनी शनिबार बाटोमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।

घटनापछि कञ्नपुरका एसपी चक्रराज जोशीको कमाण्डमा टोली घटनास्थलमा पुगेको छ। अहिले प्रहरीले घटनाको अनुसन्धान थालेको छ। अहिलेसम्म घटना के कसरी घट्यो भन्ने विषयमा प्रहरीले कुनै विवरण सार्वजनिक गरेको छैन।

LIfe Ok
BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १९ गते शनिबार