विश्वव्यापी कल्याणकारी संस्था अन्तर्राष्ट्रिय वीभलयू (अध्यक्ष जाङ गिल जा, यसपछि वीलभयू भनिएको) ले सन 2025 Jan ३० तारिखमा लुम्बिनी प्रदेश, बाँके, नेपालगञ्जमा विश्वव्यापी रक्तदान अभियान आयोजना गऱ्यो ।
वीलभयूका एक जना अधिकारीले भने, “अहिलेसम्म जोखिममा परेको जीवन बचाउने सबैभन्दा सुरक्षित तरिका भनेको नै रक्तदान हो । जीवनको मूल्यको कदर गर्दै सदस्यहरू एउटै चित्तका भएर रक्तदानमा सहभागी भएका छन् । यसले खाँचोमा परेका छिमेकीहरूलाई सहयोग पुऱ्याउनेछ भन्ने आशा गर्दछौं ।”
सन् २००४ मा कोरियाबाट सुरु भएको यो ‘रक्तदान अभियान’ एक व्यक्तिबाट सुरु भएको प्रेमपूर्ण कार्य दुई जना, चार जना गर्दै बढ्दैगएर सम्पूर्ण मानव-जाति सहभागी होऊन् भन्ने आशा बोकेको जीवन बचाउने अभियान हो । यो वर्ष २२औँ वर्षमा प्रवेश गर्दै गर्दा ६४ वटा देशबाट ५२,२०० जनाभन्दा बढीले रक्तदान गरेका छन् । वीलभयू फाउन्डेसनले नेपालमा पनि काठमाडौँ, बुटवल, पोखरा जस्ता विभिन्न क्षेत्रहरूमा रक्तदान कार्यक्रम आयोजना गरी जीवन बाँड्ने कार्यमा योगदान पुऱ्याएको छ ।

भेरी बस व्यवसायी प्रा.लि.नेपालगंजको सभा हलमा आयोजित रक्तदान कार्यक्रममा नेपालगंज, भिमदQ, धनगढी, टीकापुर, वीरेन्द्रनगर, कोहलपुर गरि विभिन्न ठाउँबाट इन्टरनेशनल वीलभयू फाउन्डेसन (International We Love You Foundation) का सदस्यहरू, उनीहरूको परिवार तथा छिमेकीहरू गरी करीब ४०० जनाले सहभागिता जनाए । स्वास्थ्य जाँचदेखि लिएर रक्तदान गर्नेसम्मको सम्पूर्ण प्रक्रियामा सहभागीहरू क्रमबद्ध ढङ्गले उज्यालो मुहारका साथ सहभागी भए । बिहान ११ बजे सुरु भएको कार्यक्रम अपरान्ह ४ बजे समाप्त भयो । यसबाट १८४ जनाले सफलतापूर्वक ६४,४०० मि.लि रक्तदान गरे ।
नेपाल रेडक्रसले सामूहिक रक्तदानप्रति आभार प्रकट गर्दै रक्तदानको लागि आवश्यक जनशक्ति तथा उपकरणहरूको व्यवस्था गरायो र We Love You Foundation ले रक्तदाताहरूका लागि खाजाको प्रबन्ध मिलायो । उक्त कार्यक्रममा प्रमुख अतिथी लुम्बीनी प्रदेश, बाँके क्षेत्र नम्बर २(क) का माननीय भन्डारी लाल यादव ज्यू र अतिथीहरूः नेपालगंज उ.म.न.पा.का वडा नं.४ का वडा अध्यक्ष गोपाल पुन, वडा नं ९ का वडा अध्यक्ष श्री गोबिन्द प्रसाद रेग्मी, रा.स्व.पा. का बाँके जिल्ला सभापति हरिपाल सिहं के.सी., नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश उप–संयोजक तथा प्रादेसिक रक्तसंचार बाँकेका संयोजक राज कुमार बर्मा, रक्तसंचार प्रमुख नेपालगंजका उपेन्द्र रेग्मी र रक्तसंचार कोहलपुर शाखाका संयोजक राजेन्द्र महतरा, वीलभयू फाउन्डेसन पश्चिम क्षेत्रका प्रतिनिधी अनिल मोक्तान, भिमदत्त्तका प्रतिनिधी राकेश कायस्ता, टिकापुरका प्रतिनिधी रबि भित्रिकोटी, सुर्खेतका प्रतिनिधी मोहन सुनुवार, कोहलपुरका प्रतिनिधी गोविन्द बहादुर आले मगर, नेपालगंजका प्रतिनिधी विकास अधिकारी, एन.टि.भी.कोहलपुर र एभिन्यूज टेलिभिजनका प्रतिनिधी तथा पत्राकार मित्रहरूको सहभागिता रहेको थियो ।

माननीय श्री भन्डारी लाल यादव ज्यूले “रक्तदान अरूको जीवन बचाउने परोपकारी र अरूको भलाइ गर्ने कार्य हो भन्दै आफुले पनि विगतको समय देखि रक्तदान गर्दै अएको र वीलभयू फाउन्डेसनले यस क्षेत्रमा रक्तदान गरिदिएकोमा कृतज्ञता व्यक्त गर्दै सहभागीहरूलाई प्रोत्साहित गरे । त्यसै गरी वडा नं. ९ का वडा अध्यक्ष गोविन्द प्रसाद रेग्मी ज्यूले पश्चिमको स्वास्थ्य क्षेत्रको केन्द्र भएको यस क्षेत्रमा रक्तदान गर्नुभएको यो कार्य अतिनै उपयोक्त भएको बताउनु भयो ।
त्यसैगरि नेपाल रेडक्रस सोसाइटी लुम्बीनी प्रदेश उप–संयोजक तथा प्रादेसिक रक्तसंचार बाँकेका संयोजक राज कुमार बर्माले रगत अभाव परेको समयमा रक्तदान कार्यक्रम गरिदिनु भएकोमा संस्था प्रति धन्यवाद व्यक्त गरे ।रक्तदान गरेका वीलभयूका सदस्य मिन बहादुर पुनले “रक्तदान जीवन दान भएकोले रगत अभावमा परी कसैले पनि जीवन गुमाउन नपरोस भन्ने हेतुले रक्तदान गर्न पाउँदा खुसी भएको कुरा व्यक्त गरे ।
वीलभयूचाहिँ यूएनडिजिसीसँग सहकार्य गर्ने एक गैरसरकारी संस्था हो, र यसका ७९ वटा देशका १,५५,००० जना सदस्यहरूले ‘आमाको प्रेम सारा संसारमा’ भन्ने नाराअन्तर्गत विश्वभरि मानवीय गतिविधिहरू गर्दैआएका छन् । वीलभयूले वातावरण संरक्षण, आपत्कालीन राहत, खानेपानी तथा सरसफाइ, गरिबी तथा भोक उन्मूलन, स्वास्थ्य तथा कल्याण, सामुदायिक कल्याण, शैक्षिक सहयोग जस्ता विविध गतिविधिहरू करीब ४,५०० पटक आयोजना गरिसकेको छ ।

सो कार्यको सम्मानस्वरूप, वीलभयूले कोरियाली सम्मान पदक, अमेरिकी राष्ट्रपति स्वयंसेवा अवार्ड स्वर्ण, इक्वेडोरको राष्ट्रिय सभा पदक र कम्बोडियाको राजकीय पदक जस्ता थुप्रै अवार्डहरू विश्वभरिबाट प्राप्त गरेको छ ।
नेपालमा पनि २०७२ सालको भूकम्पका बेला भूकम्प पीडितहरूका लागि राहत कार्य, रूपन्देहीमा भारी वर्षाबाट प्रभावित परिवारका लागि नयाँ घर निर्माण, कोभिड-१९ महामारीको सामना गर्न क्वारेन्टाइन सामग्रीहरू अनुदानमा पनि सक्रिय रूपमा सहभागी भएर वीलभयूले नेपाल पर्यटन बोर्डबाट प्रशंसा-पत्र, इटहरी उपमहानगरपालिकाबाट प्रशंसा-पत्र, कीर्तिपुर नगरपालिकाबाट कदर-पत्र, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिबाट सम्मान-पत्र जस्ता विभिन्न अवार्डहरू प्राप्त गरेको छ ।
भविष्यका कर्णधारहरूलाई समर्थन गर्ने कार्यमा पनि सरिक हुँदै वीलभयूले यसै वर्ष भक्तपुरको मध्यपुर ठिमी वडा नं. १ मा अवस्थित सरस्वती विद्यालयमा साइनबोर्ड जडान गरेर घेराबार मर्मत गरिदिनुका साथै पंखाहरू पनि सहयोग गरेको छ । त्यसै गरी वीलभयूले कोशी प्रदेशको ईटहरीस्थित श्री सेतो गुराँस बालवाटिका प्राथमिक विद्यालयमा खेल मैदान निर्माणका लागि जग्गा खरिद रकम सहयोग गरी शैक्षिक वातावरण सुधार गर्नमा पनि योगदान पुऱ्याएको छ ।

यसको अतिरिक्त वीलभयूले पहाड, समुद्र, खोलानाला, सहरको सडक र पार्क जस्ता ठाउँहरूलाई सफा गरी सजाउने वातावरणीय कल्याण गतिविधि ‘क्लिन वर्ल्ड अभियान’का साथै विश्वव्यापी तापक्रम वृद्धिको मुख्य कारक, हरितगृह ग्याँसलाई न्यूनीकरण गर्न वृक्षारोपण गर्ने ‘आमाको उद्यान(Mom’s Garden)’ प्रोजेक्ट पनि आयोजना गरेको छ । सोही प्रोजेक्टअनुरूप वीलभयूले बागमती प्रदेशको चन्द्रागिरीमा अवस्थित टिकटक सेल्फी पार्क र कागेश्वरी मनोहराको शहीद पार्कमा ४४० वटा वृक्षहरू रोप्नुका साथै वरिपरिको वातावरण सरसफाइ गरेर छिमेकीहरूलाई दिगो जीवनको आधार उपहारस्वरूप प्रदान गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्