एमसीसीविरुद्ध जनवर्गीय संगठनहरुले कोहलपुरमा विरोध प्रदर्शन (फाेटाे फिचर)




अमेरिकी सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध नेकपा माओवादी केन्द्र निकट वाईसीएल र अनेरास्ववियु (क्रान्तिकारी)ले काेहलपुरमा संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । उनिहरुले नाराजुलुस सहित शहिद भवन देखि पिपलचाैतारासम बजार परिक्रमा गरी न्यूराेडमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।

सहभागीहरुले ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौं’, ‘राष्ट्रघाति एमसिसी सम्झौता खारेज गर’, ‘राष्ट्रघाति एमसिसी चाहिदैन, देश बेच्न पाइदैन’, ‘अमेरिकी साम्राज्यवाद मुर्दाबाद’, ‘राष्ट्रघाति एमसिसीका दलालहरु मुर्दाबाद’ लगायतका नाराहरु लगाउदै बजार परिक्रमा गरेका थिए ।

माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने नेतृत्वमा भएको प्रदर्शन तथा सभा लाई बिद्यार्थी नेता राजेन्द्र बिष्ट , वाईसियल नेतृ गिता शाही लगाएतले सम्बोधन गरेका थिए ।

सम्बोधनका क्रममा उनिहरुले एमसीसी सम्झौता विरुद्धको सङ्घर्ष झन् पेचिलो र सशक्त बन्दै गएको भन्दै अमेरिकी साम्राज्यवादले जबर्जस्ती लाद्न खोजेको एमसीसीका विरुद्ध राष्ट्रिय स्वाधीनताको रक्षाको यो सङ्घर्षलाई सफलीभूत बनाउन आम देशभक्त जनसमुदाय एकजुट भै उठ्नुपर्ने बताएका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ फागुन ६ गते शुक्रबार