
कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले लैङ्गीक समानताका लागि व्यवहार परिवर्तन गर्न आवश्यक रहेकोमा जोड दिएका छन् ।
लैङ्गीक रुपान्तकारी सामाजिक मूल्यमान्यता सम्वन्धी छलफल केन्द्रको विहीबार कोहलपुर नगरपालिका वडा नं.१२ स्थित मसुरीखेतमा सुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै उनले लैङ्गीक समानताका लागि परम्परागत मूल्यमान्यताको सोंच बदल्न आवश्यक रहेकोमा जोड दिए । उनले भने–‘अहिलेपनि हाम्रो समाजमा पुरुष र महिला बीचको असमान सोंच र व्यवहार छ ।
यसलाई बदल्न महिला पुरुष एक हुनुको विकल्प छैन ।’ उनले भौतिक पूर्वाधार विकासलाई मात्रै विकास ठान्ने मनोवृत्तिबाट माथि उठ्न सबैलाई आग्रह गरे ।
उनले समाज तथा टोलको विकासका लागि सामाजिक विकास पनि महत्वपूर्ण हुने हिस्सा भएको बताए । सचेत व्यक्ती, सचेत परिवार र सचेत समाज भएको ठाउँमा विकासले समेत गति लिएको उल्लेख गर्दै मुल्यमान्यतामा आधारित गलत संस्कार र सोंच बदल्दै समाजको समग्र विकासमा भूमिका खेल्न आग्रह समेत गरे ।
कोहलपुर नगरपालिकाको समन्वय, मसुरीखेत टोल विकास संस्थाको सहकार्य र सिद्धार्थ सामाजिक विकास केन्द्र एसएसडिसी÷पिआइएनको आयोजनामा भएको उक्त कार्यक्रममा बोल्दै एसएसडिसीका कार्यक्रम प्रवन्धक पोम नारायण पौडेलले संस्थाले सामाजिक रुपान्तरणको सवालमा काम गर्दै आएको बताए ।
उनले स्थानीय सरकार तथा साझेदारी संघसंस्थासँगको सहकार्यमा शिक्षा र बालअधिकारको सवालमा मुख्यगरी संस्थाले काम गर्दै आएको पनि सुनाए । विधार्थीहरुलाई नियमित विद्यालयमा कसरी टिकाइ राख्ने, हिंसा न्यूनीकरणका उपाय सुझाउनेदेखि लैङ्गीक हिंसा प्रभावितहरुलाई आश्रयस्थलको समेत व्यवस्थापन गर्ने काम संस्थाले गर्दै आएको पनि पौडेलले बताए ।
यस्तै पिआइएनका सिर्जना थारुले लैङ्गीक असमानताका कारण हुने विभेद अन्त्यका लागि सचेतिकरण गर्ने काम गर्दै आएको बताइन् । टोल विकास संस्थाका अध्यक्ष लालबहादुर चन्दको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका वडा नं.१२ का वडा अध्यक्ष वीरेन्द्र कुमार शाह, कोहलपुर नगरपालिका रोजगार केन्द्रका प्रमुख आशिष वर्मा, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका उपाध्यक्ष विरेन्द्र सापकोटाले गरेका थिए । तीन वर्षीय परियोजना अन्तर्गत कोहलपुर नगरपालिकाका वडा नं. १, ४, १२, १३, १४ र १५ वटा वडामा यो कार्यक्रम लागु गरिएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्