सल्यान कुमाख गाउँपालिका ७ का डाँगीको दुर्घटना




सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटनामा परेर युवाको मृत्यु भएको छ। कुमाख गाउँपालिका ७ हिलेका २६ वर्षीय गोपाल डाँगीको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार बेलुकी पौने ८ बजेतिर रा ७ प ४५५८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। मोटरसाइकल दार्मा गाउँपालिका वड नम्बर ४ मौलाहाल्ने बजार नजिकैको सडकबाट तल खसेको थियो।

दुर्घटनामा घाइते भएका डाँगीको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा बेलुकी साढे ९ बजेतिर मृत्यु भएको प्रहरी प्रवक्ता बाबुराम बस्नेतले बताए। शव पोष्टमर्टमका लागि अस्पतालमा राखिएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १५ गते मंगलबार