
नेपालगञ्ज । बाँके जिल्लाका शैक्षिक परामर्श व्यवसायीहरूले आफ्नो क्षेत्रलाई थप प्रभावकारी बनाउन एकीकृत भेला गरी संस्थागत गर्ने निर्णय गरेका छन्।
संस्थालाई संस्थागत गर्दै सञ्चालन गर्नका लागि १३ सदस्यीय कार्यसमिति गठन गरिएको छ। सुरज थापालाई अध्यक्षमा चयन गरिएको छ भने अर्जुन के.सी. उपाध्यक्ष, बामदेव पोख्रेल सचिव, नवराज के.सी. सह-सचिव र खुशी शाहलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ।
साथै कुल प्रसाद जैसी, विनोज बास्तोला, महेश बस्नेत, नविन थापा, खगेन्द्र वली र दिपक पुन सदस्यमा चयन भएका छन्। थप दुई जना सदस्यलाई पछि मनोनित गरिने बताइएको छ।
संस्थाको विधान तयार गर्न बामदेव पोख्रेलको संयोजकत्वमा ५ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको छ। यस समितिमा कुल प्रसाद जैसी, खुशी शाह, नवराज के.सी. र खगेन्द्र वली सदस्य छन्। साथै संघको नाम “जापानीज शैक्षिक परामर्श संघ बाँके” राख्ने निर्णय गरिएको छ।
नवनिर्वाचित सचिव तथा ब्राईट इनटेक एजुकेशन कन्सल्टेन्सीका संचालक बामदेव पोख्रेलले भेलामा गरेका निर्णयहरूले बाँकेका शैक्षिक परामर्श व्यवसायीहरूलाई एकताबद्ध गर्न महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरेका छन्। उनले क्षेत्रलाई व्यवस्थित बनाउँदै गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन्।
भेलामा उपस्थित व्यवसायीहरूले संस्थाको गठनलाई स्वागत गर्दै यसले शैक्षिक परामर्श क्षेत्रमा नयाँ आयाम थप्ने र व्यवसायीहरूको पेशागत विकासमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन्।
नवनिर्वाचित अध्यक्ष तथा नेपालगंज एचिभर्शका संचालक सुरज थापे यस संस्थाको गठनले बाँके जिल्लामा शैक्षिक परामर्श व्यवसायलाई संस्थागत गरी व्यवस्थित बनाउने दिशामा ठूलो योगदान दिने अपेक्षा गरेको बताए ।
साथै, मितेरी एजुकेशन नेपागंजका संचालक तथा नवनिर्वाचित सदस्य कुल प्रसाद जैशीले स्थानीय व्यवसायीहरूबीच एकता र सहकार्यका लागि यो निर्णय ऐतिहासिक रहेको बताए । शैक्षिक परामर्श व्यवसायीहरुको भेला नेपालगञ्जस्थित बाजेको सेकुवामा गरिएको हो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्