काेहलपुर ।
बाँके निर्वाचन क्षेत्र नं. १ (ख) का दलित अगुवाहरुले बाम लोकतान्त्रिक गठबन्धका साझा उम्मेदवारहरुलाई बिजयी गराउने प्रतिबद्धता जनाएका छन । कोहलपुरमा भेला भएका दलित अगुवाहरुले अहिलेको अवश्यकता गठबन्धन नै भएको भन्दै मुख्य दलहरु मिलेर मात्र अहिलेको समस्या समाधान हुने बताए ।
‘दलहरु मिलेर आउँदा हामि खुसी छाैं’ उनिहरुले भने । परिर्वतनका लागी लडेका दलहरु एउटै मोर्चा बनाएर चुनावमा आउनुलाई राम्रो रुपमा लिनु पर्ने उनिहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार महेश्वर जंग गहतराज (अथक)ले सबैको अधिकार रक्षाकालागी गठबन्धनले काम गर्ने बताए । बिगतमा दलित भुमिहीनलाई राज्यले एक पटक अनिवार्य जमिन दिने निती लिएको भन्दै त्यसलाई कार्यन्यन गर्न पनि गठबन्धनका सरकार अवश्यक रहेको बताए । समाज बिकासमा दलित समुदायको ठुलो योगदान रहेको भन्दै अब राष्ट्र निर्माणका लागी योगदान गर्न गठबन्धनका उम्मेदवार लाई बिना सर्त मतदान गर्न उनले आग्रह गरेका थिए ।
कार्यक्रममा प्रदेश सभा सदस्यका उम्मेदवार फुलाराम थारुले उल्पिडीत समुदायका पक्षमा आफु रहेको भन्दै आफुलाई बिजयी गराउन आग्रह गरेका थिए ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य नरेन्द्र न्यौपाने, अखिल नेपाल सुकुम्वासी संघका केन्द्रीय अध्यक्ष अमर परियार, दलित नेता कृष्ण बिक, अमर वि.क. शिव सुनार लगायतले बोलेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्