Kohalpur Today Header Ads

लेखापालको कुटाइबाट विद्यार्थीको कानको जाली फुट्यो




दाङको लमही नगरपालिका– ८ सतबरियास्थित ग्यालेक्सी बोर्डिङ स्कुलका लेखापाल सुनील चौधरीको कुटाइबाट कक्षा ९ मा अध्ययनरत निखिल खड्काको कानको जाली फुटेको छ ।

दुई दिन विद्यालय नआएको भन्दै लेखापालले कुटपिट गरेको निखिलका मामा विष्णु खत्रीले जानकारी दिएका छन् । उनका अनुसार स्वास्थ्य परीक्षणपछि कानको जाली फुटेको र रगत जमेको रिपोर्ट आएको छ । मंगलबार बिहान गेटमै कुटपिट भएको खत्रीले बताए ।

कुटपिट पछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । देब्रे कान नसुनिने अवस्थामा रहेको खत्रीले बताए । खुट्टा, ढाडमा पनि चोट लागेको छ । विद्यालय पुग्नासाथ गेटमै कुटपिट गरेको खत्रीको भनाइ छ ।

LIfe Ok

‘गेटमा तीनजना शिक्षकले भाग्छ भनेर छेकेको र लेखापालले पिटेको भनेर भान्जाले भने,’ खत्रीले भने, ‘यस विषयमा प्रहरीमा पनि जाहेरी दिने तयारी गरेका छौँ ।’ विद्यालयका प्रिन्सिपल गणेशप्रसाद कोइरालाले भने यो विषयमा विद्यालयले अनुसन्धान गरिरहेको छ । ‘खासमा डिसिप्लिन चेक गर्ने वेला हान्नुभयो होला । म पनि दिउँसो उपचारका लागि गएको थिएँ, उहाँहरूले केस गर्छौँ भन्नुहुन्थ्यो,’ उनले भने, ‘मिलेर उपचार गरौँ भनेको छु, वास्तविकता के हो हामीले पनि जाँच गरिरहेका छौँ ।’

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहीबार