बाघको आक्रमणबाट राप्तीसोनारीमा एक महिलाको मृत्यु




काेहलपुर । बाघको आक्रमण बाट राप्तीसोनारी ८ ओभरीकी ६७ वर्षीय चेती बुढाको मृत्यु भएको छ ।

बुधबार बिहान घाँस काट्न गएको बेला भगवती सामुदायिक वन उपभोक्ता समुह राप्तीसोनारी ८ को खण्ड नम्बर ( ख ) मा उनलाई बाघले आक्रमण गरेको थियोे दिउँसो ३ बजे मात्र स्थानीयले थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।

बाघले बुढाको एउटा खुट्टा खाएको र अनुहार समेत क्षतविक्षत पारेको मध्यविन्दु मध्यवर्ती क्षेत्र उपभोक्ता समुहका अध्यक्ष हर्क बहादुर विष्टले जानकारी दिए।

बाघले आक्रमण गरेको भएपनी पाटेबाघ हो या चितुवा पुष्टि हुन बाँके रहेको विष्टले बताए । मृतकको लास पोष्टमार्टमका लागि भेरी अस्पताल पठाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधबार