Kohalpur Today Header Ads

ब्राइटलाइटका बालबालिकालाई लागूऔषध दूव्र्यसनी सम्बन्धी सचेतनामूूलक अभिमूखीकरण




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका १ मा रहेको ब्राइटलाईट एकेडेमीका बालबालिकाहरुलाई सचेतनामुलक विद्यालय तथा कलेज स्तरीय अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

समाज सेवा संस्था नेपाल बाँकेका केन्द्रिय अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माको प्रमुख अतिथित्यतामा सचेतनामुलक विद्यालय तथा कलेज स्तरीय अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

LIfe Ok

यस्तै सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माले बालबालिकाको भविष्य उज्वल बनाउन यो कार्यक्रम आवश्यक रहेको बताए ।

‘सानो उमेरमा कुलतमा फसेपछि घरपरिवारलाई निकै दुःख दिने गरेका छन्,’ उनले भने, ‘यो समस्या अहिले घरघरमा आउन थालेको छ ।’
अहिले अर्को घरमा छ हाम्रो घरमा छैन भनेर नबसौं त्यसैले यसलाई समाजबाटै निमूल पार्नका लागि लागूऔषध सम्बन्धी अभियानहरु सञ्चालन गर्नुुपर्ने उनको भनाई थियो ।

यस्तै समाज सेवा संस्था नेपालका केन्द्रीय अध्यक्ष विनोद थापाले लागूऔषध प्रयोग गरी बालबालिकाले भविष्य नै अन्धकार बनाएका छन् सो अन्धकारलाई उज्यालो तर्फ लिनका लागि यो कार्यक्रम गरेको बताए । लागूऔषध न्यूनिकरण गर्नका लागि कानूनी सजाय सम्बन्धी जानकारी दिइएको अध्यक्ष थापाले बताए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका इन्सपेक्टर रेशम लाल पौडेलले लागूऔषध न्यूनिकरण सम्बन्धी प्रशिक्षक दिएका थिए । कार्यक्रममा करिब २ सय भन्दा बढि विद्यार्थीहरुको उपस्थित रहेको थियो ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार