राजेन्द्र महतोको दल निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न ग्यास सिलिण्डर




काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले निर्वाचन आयोगबाट मान्यता पाएको छ । राजेन्द्र महतो अध्यक्ष रहेको सो पार्टीलाई मंगलबार आयोगले दल दर्ता प्रमाणपत्र दिएको हो ।

पछिल्लो पटक राष्ट्रिय मुक्ति क्रान्ति गठन गर्दै महतोले अभियान चलाएका थिए । सोही अभियानलाई राष्ट्रिय मुक्ति पार्टी नेपाल नामको पार्टी दर्ताका लागि उनले आयोगमा निवेदन दिएका थिए ।

आयोगले उक्त दललाई ग्यास सिलिण्डर चुनाव चिह्न प्रदान गरेको छ । काठमाडौं महानगरपालिका–१० शंखमुलमा केन्द्रीय कार्यालय रहने गरी आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ८ गते मंगलबार