सुन तस्करीमा संलग्न ५ जनाविरुद्ध १९ करोडको मुद्दा




काठमाडौँ।

राजश्व अनुसन्धान विभागले सुनको अवैध ओसारपसार गरी राजश्व चुहावट गरेको कसुरमा विभिन्न पाँच जना विरुद्ध मुद्दा दायर गरेको छ । विभागले सुन तस्करीमा संलग्न पाँचजना सँग १९ करोड ४ लाख ५५ हजार विगो दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार अवैध सुन ओसारपसार गरी राजश्व छली कार्यमा संलग्न भएको पाइएपछि रसुवा जिल्ला निवासी रामकृष्ण बाइवा, बुद्धि बहादुर तामाङ, सुनील तामाङ,निमा डिण्डुप तामाङ र कमल घले उपर जनही ३ करोड ८० लाख र कूल १९ करोड ४ लाख ५५ हजार विगो दाबी गर्दै अभियोगपत्र दायर गरिएको हो ।

सुनको अवैध कारोबारी गर्ने उनीहरुले ना ६ ख ३५९७ नंको मालवाहक गाडीमा फल्स बटन बनाई चीनको केरुङ नाकाबाट ३ केजी सुन अवैध रुपमा काठमाडौँ तर्फ ल्याएर चोरी पैठारी गरेको विभागले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार