प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदान कोहलपुरमा राष्ट्रिय कप्तान रोहित पौडेललाई भव्य स्वागत




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले नेपाल राष्ट्रिय कप्तान रोहित पौडेललाई सम्मान गरेको छ । कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकिय अधिकृत मान बहादुर गिरी र सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले नेपाल राष्ट्रिय कप्तान रोहित पौडेललाई सम्मान गरेका हुन् ।

पौडेलले ८ फेब्रुअरी २०१८ मा २०१८ आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू प्रतियोगितामा नेपालका लागि लिस्ट ए डेब्यू गरेका हुन् । प्रतावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा उनको यो पहिलो स्थलगत अवलोकन हो ।

कप्तान पौडेललाई स्वागत गर्दै पूर्व कप्तान तथा छनौट टिमका समितिका संयोजक एलवी क्षेत्रीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई राष्ट्रिय स्तरमा पहिचान बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानलाई लुम्बिनीको पहिचान, प्रबर्धन, स्तरउन्नति गराउन खेलाडीहरुको महत्वपूर्ण भूमिका रहेको विश्वास दिलाइकी थिइन् ।

कोहलपुर नगरपालिकाले हरेक वर्ष उपमेयर क्रिकेट प्रतियोगिता गराउँदै आएको जानकारी दिँदै प्रस्तावित अन्तराष्ट्रिय क्रिकेट मैदानका लागि समेत नगरपालिकाबाट बजेट विनियोजन गरेतापनि संघबाट नै बजेटको व्यवस्थापन गर्दा उपयुक्त हुने उपप्रमुख सुवेदीको भनाई थियो । कोहलपुरमा शिक्षा क्षेत्रमा ठुलो लगानी गरिरहेका छन् भने खेलकुदका क्षेत्रमा समेत लगानी रहेको उनले जिकिर गरिन् ।

सुवेदीका अनुसार पछिल्लो अवस्थामा क्रिकेटको क्रेज रहेको बताउँदै नयाँ आउने खेलाडीहरूलाई उत्साह, हौसला र उर्जा थप्नुपर्नेमा कोहलपुर नगरपालिका प्रतिबद्धता रहेको बताइन् ।

यस्तै कार्यक्रममा सामाजिक विकास समिति संयोजक ईश्वरीप्रसाद विश्वकर्माको सभापति सम्मान कार्यक्रम भएको थियो भने नगर खेलकुद समितिका संयोजक चक्र चिमाल क्षेत्री लगायत अन्य सरोकारवालाको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार