त्रिभुवन विश्वविद्यालयमा स्ववियु निर्वाचन सर्‍यो




काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन चैत ५ गते हुने भएको छ । फागुन १५ गतेका लागि तोकिएको निर्वाचन चैत ५ गतेका लागि सरेको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरिएको बताए । दुई वर्ष अघि समेत चैत ५ गते चुनाव भएको थियो । सोही आधारमा यो पटक समेत चैत ५ गते गर्ने निर्णय गरिएको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ माघ ७ गते सोमबार