क्रिसा बाँकेको १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता आजबाट सुरु (फाेटाे फिचर)




कोहलपुर । कोहलपुर क्षेत्रका संस्थागत विद्यालय संगठन बाँके (क्रिसा)को आयोजनामा १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता-२०८१ आजबाट सुरु भएको छ । कोहलपुर नगरपालिकाको पिपलचौताराबाट सुरु विहान १० बजेबाट सुरु भएको प्रभातफेरी कोहलपुरको न्यूरोड, दशविगाह हुँदै तेह्र विगाह पुगेको थियो ।

कार्यक्रममा प्रमुख अतिथित तथा कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहको प्रतियोगिताको उद्घाटन गरेका थिए भने क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दको सभापतित्वमा कार्यक्रम भएको थियो ।

कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकाका २६ वटा विद्यालयहरुले १५औं रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता—२०८१ म सहभागिता जनाएका छन् । क्रिसा बाँकेका संस्थापक स्वर्गियद्धय टिकाराम सुवेदी र नेत्र बहादुर चन्दलाई सभापति तथा कार्यक्रममा प्रमुख अतिथिले तस्बिरमा माल्याअर्पण गरेका थिए ।

२६ वटा विद्यालयहरुले मार्च पास समेत प्रस्तुत गरेका थिए । मार्च पासमा प्रथम हुनेमा कोहलपुर २ मा रहको जनज्योति पब्लिक हाइ स्कुल, द्धितीयमा कोहलपुर ३ मा रहेको कोहलपुर बागेश्वरी ईमि स्कुल, तृतीयमा बैजनाथ ४ मा रहेको नोवेल ईमी स्कुल र कोहलपुर ६ मा रहेको दिव्य विद्या सदन चाैथाे भएका छन् ।

यस्तै कोहलपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख विरेन्द्र कुमार शाहले क्रिसा बाँकेलाई नगरपालिकाको तर्फबाट आर्थिक सहयोग हुने प्रतिबद्धता व्यक्त गरे । कोहलपुर नगरपालिकामा माघ महिना भरी विभिन्न संस्थागत विद्यालयहरुले खेलकुदका क्षेत्रमा बढि समय लाग्ने भएकोले यसलाई नगरभित्रका सबैं विद्यालयहरुले सप्ताह खेलकुद सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

नगर भित्रका रहेका संस्थागत विद्यालयहरुलाई नितिगत, संस्थागत र अन्य कुनै पनि समस्याको समाधान गर्ने जानकारी गराउँदै गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरी कोहलपुरलाई शैक्षिक हव बनाउन सबै एकजुट भएर लाग्न कार्यवहाक नगर प्रमुख शाहले अनुरोध गरे ।

यस्तै सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्माले संस्थागत विद्यालयहरुले कोहलपुरको शिक्षा क्षेत्रमा ठुलो लगानी रहेको र त्यसलाई जोगाउन, बचाउन र शैक्षिक हव बनाउन एक ढिक्का भएर अगाडी बढ्नुपर्नेमा जोड दिए ।

यस्तै क्रिसा बाँकेका अध्यक्ष वेगम चन्दले क्रिसा सबैको साझाँ संगठन भएकोले खेलकुदलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए । प्रतियोगितालाई सम्पन्न गर्नका लागि सबै संस्थापक, खेल प्रशिक्षक, शिक्षक, कर्मचारी, विद्यार्थी लगायत अन्य सुरक्षा निकायका व्यक्तित्वहरुलाई कृतज्ञता व्यक्त गर्दै आगामी माघ ६ गतेसम्म खेलकुद प्रतियोगिता सफल बनाउन यहाँहरुको अमूल्य सहयोगको आवश्यक रहेको बताए ।

यस्तै बाँके राष्ट्रिय निकुञ्जका बरिष्ठ वन संरक्षक अधिकृत विरेन्द्र कुमार कंडेल, कोहलपुर नगर खेलकुद शाखाका प्रमुख राम बहादुर हमाल, नेशनल प्याब्सन केन्द्रिय उपमहासचिव कुसुम रानाभाट, केन्द्रिय सदस्य बामदेव न्यौपाने, श्याम बहादुर कुंवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत र कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष ओपेन्द्र नाथ योगी लगायत शिक्षक, विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।

प्रतियोगिताको पहिलो दिन फूटबल, भलिबल, १०० मिटर दौड र ४ गुणा १ सय मिटर रिले दौड भएको थियो ।

    

प्रकाशित मिति : २०८१ माघ ४ गते शुक्रबार