Kohalpur Today Header Ads

नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीको आन्दोलन : हटाए साइनबोर्ड




कोहलपुर । नेपालगन्ज मेडिकल कलेजका आन्दोनरत कर्मचारीले सञ्जीवनी कलेज अफ मेडिकल साइन्सको बोर्ड हटाएका छन् ।

तीन हप्ताभन्दा लामो समयदेखि निरन्तर आन्दोलनमा रहेका कर्मचारीले शनिबार दिउँसो सञ्जजीवनी कलेज अफ मेडिकल साइन्सको बोर्ड निकालेर फालेका हुन् ।

लर्ड बुद्व एजुकेशनल एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले तलबलगायत सेवा सुविधा वृद्धिको माग राखेर आन्दोलन गरिरहेकै बेला अस्पताल व्यवस्थापनले कलेजको नाम नै परिवर्तन गरी नयाँ साइनबोर्ड राखेर आठ सय कर्मचारी मागको सूचना निकालेको थियो। त्यसले आन्दोलनकारी थप आक्रोशित भएका छन् ।

LIfe Ok

लामो समयदेखि आन्दोलन चलिरहे पनि वार्तामा बस्नुको सट्टा व्यवस्थापन अदालत गएको थियो । अदालतले हालै कर्मचारीको आन्दोलन गर्ने प्रक्रियामा प्रश्न उठाउँदै काम नरोक्न अन्तरिम आदेश गरेको थियो । कर्मचारीले विभिन्न ७ बुँदे माग राखेर ७ महिना अघि माग पत्र बुझाएका थिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस २० गते शनिबार