Kohalpur Today Header Ads

कोहलपुरमा नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रम हुँदै




कोहलपुर ।

बाँकेको कोहलपुरमा आयोजना गरिएको नेपाल शिक्षक संघको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल शिक्षक संघ संघीय कार्यसमितिको आयोजना तथा नेपाल शिक्षक संघ बाँकेको आथित्यतामा शनिवारदेखि कोहलपुर उद्योग बाणिज्य संघको सभाहलमा भेला तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको संघका बाँके अध्यक्ष ऋषि शर्माले जानकारी दिए । उनका अनुसार भेला तथा प्रशिक्षणमा ७७ वटै जिल्लाका सचिव–अर्थ तथा प्रदेश महासचिवहरुको सहभागिता रहनेछ ।

LIfe Ok

दुई दिने भेला तथा प्रशिक्षणमा नेतृत्व विकास, लेखा व्यवस्थापन, विद्यालय सुशासन, शैक्षिक गुणस्तर, प्रस्तावित शिक्षा विधेयक लगायतका शैक्षिक मुद्दाका विभिन्न विषयवस्तुमा केन्द्रीत रहेर मन्थन गरिने पनि अध्यक्ष शर्माले बताए । ‘करिव दुई सय ५० जना संघ आवद्ध शिक्षक नेताहरु सहभागि हुने भेला तथा प्रशिक्षणमा शिक्षाका विभिन्न मुद्दाहरुमा मिहिन ढंगबाट मन्थन गरिने छ उनले भने–‘संघको भावी कार्यादेश समेत यो भेलाले तय गर्नेछ ।’

आइतवार सम्म चल्ने भेला तथा प्रशिक्षणको नेपाल शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा सहभागि हुन देशभरीका संघ आवद्ध शिक्षक नेताहरु कोहलपुरमा आउनेक्रम सुरु भएको पनि अध्यक्ष शर्माले जानकारी दिए ।

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस १३ गते शनिबार