कालीकोट । कालीकोटको महावै गाउँपालिका–३ का वडाअध्यक्ष पदमबहादुर सिंहलाई हिजो बेलुका स्थानीय युवाको समूहले कुटपिट गरेका छन् ।
आफ्नै घरमा बसिरहेको बेला चार जनाको समुहमा आएका युवाले कुटपिट गरेको गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले निकालेको विज्ञप्तीमा उल्लेख छ ।
गाउँपालिकाले घटनाको निन्दा गर्दै अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेको छ । वडाअध्यक्ष सिंहको टाउकोमा सात वटा टाँका लगाएको छ ।
उहाँको स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट पठाइएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्