Kohalpur Today Header Ads

बारामा कारभित्र एकजना मृत फेला, घटना शंकास्पद




जनकपुरधाम । बाराको जीतपुर सिमरा उपमहानगरपालिका-११ मा कारभित्र एकजना मृत अवस्थामा फेला परेका छन् ।

बागमती प्रदेश ०१,०२८ च ७६१६ नम्बरको कारभित्र एकजना पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन सकेको छैन ।

स्थानीयले ती व्यक्तिलाई कसैले गोली दागेर हत्या गरेको हुनसक्ने बताएका छन् । घटनास्थलमा बाराका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का नेतृत्वको टोली पुगेर अनुसन्धान थालेको छ ।

LIfe Ok

घटनास्थल पुगेका एसपी खड्काले तालिम प्राप्त कुकुरको टोली बोलाएर अनुसन्धान गरिने बताए । गोली लागेको वा नलागेको अहिले केही भन्न नसकिने एसपी खड्काको भनाइ छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ६ गते शनिबार