एन प्याब्सनको प्रदेश कमिटिको सदस्यमा शेरजंग गौतम मनोनित




कोहलपुर ।

राष्ट्रिय निजि तथा आजासीय एसोसिएन नेपाल (नेशनल प्याब्सन) को लुम्बिनी प्रदेश कमिटि सदस्यमा शेरजंग गौतमलाई मनोनित गरेको छ ।

आज बसेको नेशनल प्याब्सन लुम्बिनी प्रदेश कमिटिको बैंठकले बाँकेका सल्लाहाकार तथा राप्तीसोनारी गाउँपालिका ८ ओभरीमा रहेको श्री गौतम ईमी स्कुलका एमडि शेरजंग गौतम नेशनल प्याब्सन लुम्बिनी प्रदेश सदस्यमा मनोनित गरेको हो ।

नेशनल प्याब्सनको स्थापनाकालदेखि आवद्ध रहेका गौतम बाँकेको पूर्वउपाध्यक्ष समेत रहेका उनी अहिले सल्लाहाकारको भूमिका रहेका छन् ।

एन प्याब्सन लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनबाट १ जना मनोनित सदस्य गर्ने भनि निर्णय भएको हुँदा सोही निर्णय अनुसार शेरजंग गौतमलाई मनोनित गरेको एन प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत जानकारी दिए ।

२०५० सालमा स्थापना भएको श्री गौतम ईमी स्कुलका एमडी शेरजंग गौतमले शिक्षा क्षेत्रमा निकै योग्दान गरेका छन् ।

लामोसमयदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको श्री गौतम ईमि स्कुलमा ई लाइबेरी र पुस्तकालय, होस्टेल, आधुनिक कम्प्यूटर, स्कुल बस, बालमैत्री र शान्त वातावरण पढनपाढन, प्रत्येक महिना टेष्ट परीक्षा हुने, सीसीटिभी क्यामराबाट बालबालिकाको निगरानी, भौतिक पूर्वाधारमा सम्पन्न भवन भएको र चमेना गृह समेतको  राम्राे व्यवस्था रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ पुस ५ गते शुक्रबार