
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा रहेको सोफिया रेजिडेन्टल स्कुलले आज बिहीबार एक कार्यक्रमको आयोजना गरी आफ्नो १८ औँ वार्षिकोत्सव तथा क्रिसमस समारोह सम्पन्न गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केबि बसेलको सभापतित्व एवं नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा तथा खेलकुद महाशाखा प्रमुख गोर्ख बहादुर थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापाले शिक्षा क्षेत्रको विकासका लागि देशको सबै क्षेत्रको विकासका लागि समय सापेक्ष शिक्षा ऐन निर्माण र त्यसको कार्यान्वयन जरुरी रहेको बताए ।
राज्य सञ्चालकहरूको उदासीनताका कारण देशको शिक्षाको बिकास प्राथमिकतामा नपरेको गुनासो गर्दै उनले भने, शिक्षाको गुणस्तर उकास्न निजी विद्यालयहरूको भूमिका महत्वपूर्ण रहेको बताए । उनले गुणस्तरीय शिक्षा प्रदान गर्नमा सोफिया स्कुलको योगदान प्रशंसनीय रहेको बताए । उनले जिल्लाकै उत्कृष्ट विद्यालयहरूको रुपमा सोफिया स्कुललाई निकट भविष्यमै घोषणा गरिने प्रतिबद्धता व्यक्त गरे ।
शिक्षा क्षेत्रको विकासका लागि निजी विद्यालयहरूले निकै योगदान गरेको भन्दै सबैको सहकार्य र सहयोगबाट शिक्षित समाज निर्माण लागि लाग्नु पर्नेमा प्रमुख थापाले जोड दिए । शिक्षा क्षेत्रको विकासका लागि सरकारी र निजी शिक्षा भनेर विभेदको खाडल सिर्जना गर्नुभन्दा उनीहरूको समन्वयमा परिणाममुखी काम गर्नुपर्ने जिकिरगरे ।
विद्यालयका विद्यार्थीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्य डाक्टर डक्ट प्रसाद धितालले जिल्लामै अनुकरणीय काम गरेर नाम बनाउन सफल सोफिया स्कुल गाउँ तहमा शिक्षाको विकासका लागि महत्वपूर्ण काम गरेको बताए ।
अहिले सबै अभिभावकले आफ्ना सन्ततिलाई कसरी राम्रो, समयसापेक्ष शिक्षा दिने भनेर खोजिरहेको अवस्थामा त्यसको परिपूर्ति सोफिया स्कुलले गर्नुपर्ने सुझाव दिए । कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक सुशिला बसेलले विद्यालयले गरेका गतिविधिलाई समेटेर वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे ।
कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अतिरिक्त क्रियाकलापहरू प्रस्तुत गरेका थिए । १८ वर्ष अगाडि विद्यालय संस्थापक प्राचार्य सुशिला बसेलले ४ जना विद्यार्थीबाट सुरु गरेको विद्यालयमा अहिले १२ कक्षा सम्म ८०० बढी विद्यार्थीहरू पढ्दै आइरहेका छन् । विगतका दिनहरूमा विभिन्न उतारचढाव पार गर्दै विद्यालय अहिले यो अवस्थामा आइपुगेको देख्दा अत्यन्तै खुसी लागेको विद्यालयका अध्यक्ष बसेलले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्