त्रिपालले ढाकिएको जाजरकोट दरबार




काठमाडौँ ।

ऐतिहासिक जाजरकोट दरबारलाई वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको छ । अघिल्लो वर्ष कात्तिक १७ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त र अत्यन्तै जीर्ण हुन पुगेको ऐतिहासिक जाजरकोट दरबार वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाकिएको हो ।

विसं १८५२ मा निर्माण गरिएको यो दरबारले तीन पटक भूकम्प सहिसकेको छ । यसअघिका दुई वटा भुईँचालोले दरबारलाई क्षतिग्रस्त बनाएका थिए । दुवै पटक दरबार पुनर्निर्माण गरिएको दरबार यस पटकको भूकम्पले पूर्णरुपमा क्षति पुगेको छ । यस दरबार ऐतिहासिक तथा पुरातात्त्विक हिसाबले निकै महत्त्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको मुख्य पर्यटकीय गन्तव्य पनि हो ।

जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले यसलाई बलियो ढङ्गले पुनर्निर्माण गर्नेतर्फ सरकारले ध्यान दिनुपर्ने माग राखेको छ । यसको मौलिकता, ऐतिहासिकता र पुरातात्त्विक महत्त्व सुरक्षित हुने गरी पुरानै स्वरूपमा भूकम्पीय जोखिममुक्त तरिका अपनाएर पुनर्निर्माण गर्नुपर्छ । जाजरकोट दरबारलाई सङ्ग्रहालयको रूपमा विकास गर्ने अभियान जाजरकोट सम्पदा संरक्षण प्रतिष्ठानले सुरु गरेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २९ गते शनिबार