कोहलपुर । बाँकेको कोहलपुर नगरपालिका-५ मा रहेको पञ्चमुखी ईमी स्कुलमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ ।
बिहिबार कोहलपुर नगरपालिका-५ का वडा अध्यक्ष दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका एमडी किशोर राज मल्लको सभापतित्वमा अन्तर विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको हो । पञ्चमुखी स्कुलका प्रिन्सिपल डिल्ली राज घिमिरेले स्वागत मन्तव्य राखेका थिए ।
यस्तै विद्यालयमा ५ वटा हाउस निर्माण गरी बालबालिकाहरुले विभिन्न खेलकुद प्रतियोगिता आज हुन लागेका छन् ।
जसमा रामजानकी टेम्पल हाउस, बागेश्वरी टेम्पल हाउस, पशुपति टेम्पल हाउस, देउती बज्यै टेम्पल हाउस, मनकामना टेम्पल हाउस रहेका छन् ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि कोहलपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठले उत्कृष्ट गुणस्तरीय र प्रभावकारी शिक्षा प्रदान गरेको भन्दै धन्यवाद दिएका थिए । कोहलपुरका एउटा नमूना विद्यालयको रुपमा स्थापित भएको यस विद्यालयलाई जिल्लाकै उत्कृष्ट बनाउनुपर्नेमा जोड दिएका थिए ।
यस्तै एन प्याब्सन केन्द्रिय सदस्य श्याम कंवरले बालबालिकालाई खेलकुद अति आवश्यक रहेको बताउँदै खेलकुदले स्वास्थ्य राम्रो हुन्छ, स्वास्थ्य राम्रो भयो भने भनेजस्तै शिक्षा प्राप्त गर्न सकिने जिकिर गरे ।
पहिलो दिन मार्चपास प्रतियोगिता भएको थियो जसमा रामजानकी टेम्पल हाउस प्रथम भएको थियो भने देउती बज्यै टेम्पल हाउस द्धितीय भएको विद्यालयका प्रिन्सिपल डिल्लीराज घिमिरेले जानकारी दिए ।
आजबाट एथ्लेटिक्स, रनिङ्ग लगायत अन्य खेलहरु तेह्र विगाहमा सञ्चालन हुने घिमिरेले जानकरी दिए । कार्यक्रममा एन प्याब्सनका केन्द्रिय सदस्य श्याम कँवर, लुम्बिनी प्रदेश अध्यक्ष कुवेर बस्नेत, एन प्याब्सन बाँकेका सचिव बेगम चन्द, कोहलपुर नगर अध्यक्ष विष्णु केसी र यज्ञ महरा लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्