यूरो स्कुल कोहलपुरमा हजुरबा हजुरआमा समारोह




कोहलपुर । कोहलपुर नगरपालिका १० रामनगरमा रहेको यूरो स्कुल कोहलपुरमा हजुरबा हजुरआमा समारोह गरिएको छ ।

शनिबार विद्यालयका संस्थापक कमल पछाईको सभापतित्वमा भएको समारोहमा जेष्ठ हजुरबुवा तथा अभिभावक भक्तजन शाहको प्रमुख अतिथिमा कार्यक्रम भएको हो । समारोहमा पजी ग्रुपदेखि कक्षा ६ सम्मका बालबालिकाले आफ्नो कला, क्षमता, नाटक, नृत्य जस्ता प्रस्तुत गरेका थिए ।

संस्थापक पछाईले हजुरआमा हजुरबुवा र नातिनातिनाहरूले विगतलाई भविष्यसँग जोड्ने प्रेमको श्रृंखला बनाउन सहयोग पुग्ने उद्देश्यले कार्यक्रम गरेको बताए । ‘हजुरबा हजुरआमा दिवसको उत्सवले हजुरबा हजुरआमाको लागि हाम्रो प्रेम व्यक्त गर्ने अवसर दिनेछ,’ उनले भने, ‘परिवारसँगको हाम्रो सम्बन्धलाई बढाउँछ र बलियो बनाउँछ ।’

उनका अनुसार प्ले ग्रुपदेखि कक्षा ६ सम्मका विद्यार्थीहरूले विभिन्न नृत्य र नाटक प्रस्तुतिहरूद्वारा आफ्ना हजुरबा हजुरआमालाई मनोरञ्जन दिएको बताए ।

हजुरबा हजुरआमाले बारीमा रमाईलो गतिविधिहरूमा भाग लिनुभयो, ¥याम्पमा हिँड्नुभयो र यस अवसरमा आफ्ना बुद्धिका शब्दहरू साझा गर्नुभएको यूरो स्कुलका प्रिन्सिपल जमस मुर्मुले जानकारी दिए । मुर्मुका अनुसार पीएर रेस, पास बल र चियर रेस, स्पिच लगायतका प्रतियोगिता भएको बताए ।

समारोहमा शिक्षक पवित्रा विष्ट, पिके मौर्य, अञ्जु विष्ट, इन्द्र गुरुङ्ग, सञ्जु थापा, शारदा केसीले विभिन्न प्रतियोगितामा बालबालिकाहरुलाई सहभागिता गराउन राम्रो भूमिका खेलेका थिए भने करिब १ सय ५० बढि हजुरआमाहजुरबाहरु आउनुभएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ मंसिर २३ गते आइतबार