कोहलपुर ।
बाँके क्षेत्र नं. १ (ख) बाट लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित नेकपा (एमाले) का नेता दुुर्गा चौधरीले नेकपा (एमाले) भित्र धन्दा चलाउन मलाई कारवाही गरिएको बताए ।
बुुधबार पत्रकार सम्मेलन गर्दै चौधरीले एमाले भित्र धन्दा चलाउन मलाई कारवाही गरिएको बताएका हुन् । थारुले भने, ‘डिएनए चेक गरी एमाले पार्टीमा आउनुहोला’ ‘आफ्नो डिएनए मिल्न सकेन । ‘एमाले भित्र एउटा धन्दा गर्ने सुनिर समूह छ’ उनले थपे, ‘त्यो ‘सुुनिर समूह’ को दादागिरीकै कारणले कारवाही भोग्नुप¥र्यो ।’
चौधरीले जिल्लाले निलम्बन गर्ने अधिकार नै छैन, विधान नै अध्ययन नगरी कुनै एक समूहले विज्ञप्तीमार्फत सूचना बाहिर निकाल्नुु गलत भएको बताए ।
पत्रकार सम्मेलनमा उनले ‘प्रदेशले गर्नुपर्नेहोला, केन्द्रले निर्णय गर्नेहोला, संसदीय समितिले निर्णय गर्नेहोला संसदको त, यति पनि प्रकृया नबुझेका साथीहरुले कसरी पार्टी चलाउनुुहुन्छ ? यस्तो इगोले पनि पार्टी कसरी बलियो हुन्छ ?’, उनले प्रश्न गरे ।
नेकपा (एमाले) बाँकेले पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई गालीगलौज गरेको भन्दै मंसिर ११ गते पार्टीबाट निलम्बन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्