मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रारको स्वागत तथा पदभार कार्यक्रम सम्पन्न




कोहलपुर ।

मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलको स्वागत तथा पदभार कार्यक्रम सम्पन्न भएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा.ध्रुव कुमार गौतम सेवा आयोगका अध्यक्ष एवं सदस्य, विभिन्न ग्र्याजुएट स्कूलका डीन तथा कार्यकारी निर्देशकको समुपस्थितिमा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रम बीच स्वागत तथा पदभारग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्नुहुदै नवनियुक्त रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले आफ्नो कर्मभूमिको रुपमा रहेको कर्णाली प्रदेश तथा मध्यपश्चिम क्षेत्रमा विश्वविद्यालयको रजिष्ट्रार पदको जिम्मेवारी सहित आउन पाउँदा आफुखुशी भएको र विश्वविद्यालयको हितका लागि सदैव क्रियाशील रहने कुरा व्यक्त गरे भने सरोकारवाला सम्पूर्णलाई सहकार्यका लागि आग्रह समेत गरेका थिए ।

कार्यक्रममा विश्वविद्यालयमा कार्यरत विभिन्न तहका पदाधिकारी, प्राध्यापक, कर्मचारी तथा विद्यार्थी लगायत उपस्थित महानुभावहरुले नवनियुक्त रजिष्ट्रार प्रा. डा. कँडेललाई स्वागत तथा बधाई ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन प्रसाशन अधिकृत दिनेश गौतमले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २८ गते बुधबार