मेष
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । मिलनसार साथीले नै विश्वासघात गर्न सक्छन् ।
बृष
धर्मकर्ममा तथा समाज सेवामा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।
मिथुन
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कुनै कुराले अनुहारमा चमक र मनमा शान्ति मिल्नेछ । नजिकको मित्रसँग भेटघाट पनि हुनेछ ।
कर्कट
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । रोकिएको कामले पनि गति लिनेछ ।
सिंह
गरेको कार्यमा वाधा आइपर्ला । व्यक्तिगत खुसीका लागि पनि केही खर्च हुनसक्छ । स्वास्थ्य एवं खानपानमा सजगता अपनाउनु होला ।
कन्या
आज आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना र रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग पनि रहेको छ ।
तुला
शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोशजाँगर र उमङ्ग बढ्नेछ ।
बृश्चिक
विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।
धनु
लाभहानी, आयव्यय, सुखदुःख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ ।
मकर
शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।
कुम्भ
कामको धपेडी भए पनि सफलता मिल्नेछ । प्रणयसम्बन्ध र पारिवारिक सम्बन्ध राम्रो हुनेछ । कुनै कुराले मन प्रसन्न रहनेछ ।
मीन
मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्