कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका—१२ मा रहेको ज्ञानज्योति माध्यमिक विद्यालयमा बढि रकम लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका थिए । बिहिबार बिहानदेखि सिटिभिटीमा अध्ययनरत र कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुले बढि रकम लिएको भन्दै आन्दोलन गरेका थिए ।

सोही विषयमा कोहलपुर टुडेले विद्यालयका प्रध्यानाध्यापक विनोद लम्साललाई टेलिफोन सम्पर्क गरी बुझ्दा, विद्यार्थीले राखेका मागहरु सम्बोधन हुने गरी सबै निर्णयहरु बुधबार नै भैइसकेको बताए । निर्णय बारे विद्यार्थीहरुलाई जानकारी गराउने कक्षामा जाँदै विद्यार्थी संगठनले राजनिति गर्न खोजे, त्यसैले तालाबन्दी गरे नत्रभने विद्यार्थीहरुको रकम र्फिता दिइसकेका छौं लम्साले भने ।
‘विद्यालय प्रशासनले सिटिभिटि र राष्ट्रिय परिक्षा बोर्डले तोके बमोजिमभन्दा बढि रकम लिन मिल्दैन’ उनले भने ‘सबैको विधि विद्यान हुन्छ र नम्स हुन्छ त्यसमा टेकेर मात्र पैसा लिन मिल्छ, त्यतिकै कसैले पनि पैसा लिदैँन ।’
लम्सालका अनुसार सिटिभिटीले लकडाउनको समयमा लिएको रकमलाई १५ प्रतिशत छुट गरी बाँकी रकम बिद्यार्थीलाई र्फिता दिने गरी निर्णय गरेको थियो, सोही अनुसार विद्यालय प्रशासनले पनि बुधबार विद्यार्थीहरुलाई पैसा र्फिता दिइसकेको बताए । तर केही छुटेका विद्यार्थीहरुलाई आज दिने भनि तयारी गरेका थियौं । तर एक्कासी विद्यार्थी संगठनहरुले राजनिति गर्नका लागि तालाबन्दी गरेको आरोप लगाए ।
यस्तै लम्सालका अनुसार राष्ट्रिय परिक्षा बोर्डको पनि आफ्नै नम्स हुन्छ र रकम समेत तोकेको हुन्छ त्यसको एक रुपैया पनि बढि लिन मिल्दैन । मेरो च्याम्बर र लेखाको फाँटमा तालाबन्दी गरेका छन् तर भोली पनि बिहानदेखि कक्षा सञ्चालन हुन्छन् केही राजनितिक दलका विद्यार्थी संगठनका नेताहरु आउनेछन् र सो निर्णयहरु देखाई सहमति हुने विश्वास गरेको प्रअ लम्सालको भनाई रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्