Kohalpur Today Header Ads

ठगी बढेको भन्दै सचेत रहन सिआइबीको अनुरोध




केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ।

शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्।

‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ। तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।

LIfe Ok

यसरी गोप्य विवरण लिएर ह्याकरले नक्कली वा चोरीको नागरिकताको दुरूपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सिआइबीले जनाएको छ।

Laxmi bank
यसरी ठगी भएको उजुरीहरू केहीदिनदेखि सिआइबीमा प्राप्त भएको जनाएको छ।

शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआइबीले अनुरोध गरेको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक २३ गते शुक्रबार