
कोहलपुर। लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२ मा बाँकेको टिम दोस्रो बनेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषद्को आयोजनामा कार्तिक २९ र ३० गते दुई दिन चलेको प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगितामा ६ पदक सहित बाँके दोस्रो भएको हो ।
दोस्रो बनेको बाँकेको टिमले प्रतियोगितामा ३ स्वर्णसहित ३ कास्य पदक जित्न खेलाडी सफल भएका हुन् ।

प्रतियोगितामा कोहलपुर नगरपालिकाका खेलाडी सुवर्ण सिक्देल (६८ तौल), सन्तोस थारु (७४), ज्ञानिता कुलाला (६२ तौल) र इन्दिरा बुढा रहेका छन् भने बैजनाथ गाउँपालिकाका बिरेन्द्र सुनार (७४ तौल) र नेपालगन्ज उप-महानगरपालिकाका हेमन्त बोहराले पदक जित्न सफल भएका थिए ।
बाँकको टिमको कोचमा सुवास घर्ति मगर रहेका थिए । टिम कोच मगरले खेलाडीहरूको मेहनत र समर्पणका कारण बाँकेले उपविजेता बन्न सफल भएको छ भने थप उत्कृष्ट बन्ने प्रतिबद्धता व्यक्त गरे । लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट १४ जना खेलाडीका दरले १६८ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्