गाेलपार्क नजिक वल्डिङ गर्ने क्रममा लागेकाे आगलागी नियन्त्रणमा




काेहलपुर । बाँकेकाे काेहलपुर नगरपालिका वडा नं. ११ गाेलपार्क नजिक रहेकाे वेम्बाे कटेजकाे खरमा आगलागी भएकाे छ ।

कटेजकाे माथिल्लाे तलामा वेल्डिङ गर्ने क्रममा निस्किएकाे झिल्काले कटेजसँगै राखिएकाे खरमा आगलागी भएकाे प्रहरीले जनाएकाे छ ।

घटना लगत्तै घटनास्थलमा पुगेकाे प्रहरी र नगरपालिकाकाे दमकलले आगलागी नियन्त्रणमा लिएकाे थियाे । आगलागीबाट कुनै मानविय क्षति नभएकाे प्रहरीले जनाएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार