Kohalpur Today Header Ads

रुकुम पश्चिम त्रिवेणि गाउंपालिका कि गिता वलिले १९ वर्षमै निजामती सेवामा प्रवेश गरिन




एउटा संघर्ष अनि सफलताको कथा

एकराज शर्मा 

आफ्नो ईच्छा शक्ति भए कुनैपनि व्यक्तिले सफलता प्राप्त गर्न सक्छ भन्ने गतिलो उदाहरण हुन गिता वलि । उनले गरे के हुदैन र अनि ईच्छाशक्ति भए पो सफलता प्राप्त गर्न सकिन्छ भन्ने प्रमाण दिएकी छ्न । निकै कम उमेरमा पनि आफुलाई रास्ट्रसेवक बन्न सकिन्छ भन्ने गतिलो उदाहरण भएकी छ्न गिता वलि त्रिवेणि गाउंपालिका -७ रुकुम पश्चिममा जन्मिएकी छात्रा हुन । उनी सानै उमेर देखि सालिन, ईमानदार, जिज्ञासु र मेहनति थिन । आफ्नो पठनपाठनसंगै उनले आफुलाई अब्बल सावित गर्न सरकारी सेवामा प्रवेश गर्ने मौका पाएकी छ्न । नसक्नेहरु विदेश ताक्छ्न, युवाहरु स्नातक, स्नातकोत्तर, एम.फिल. अध्ययन गरेर पनि विदेश जानेहरुको लागि पनि उनी एक ज्वलन्त उदाहरण भएकी छ्न । गरे सम्भव छ भन्ने तर्क उनिबाट सिक्न सकिन्छ । उमेरले सानो भए पनि सपनाहरु कहिल्यै साना हुँदैनन् । १९ वर्षको उमेरमै लोकसेवा आयोगको कठिन यात्रामा सफलता हासिल गर्नु केवल परीक्षा पास गर्नु होइन ।

LIfe Ok

यो आत्मविश्वास, अनुशासन र निरन्तर संघर्षको जित हो। जब धेरैले अझै बाटो खोजिरहेका हुन्छन्, तब केही साहसी आत्माहरू आफ्नै मेहनतले बाटो बनाइरहेका हुन्छन्। सफलता उमेरको प्रतीक्षा गर्दैन, उसले त तयारी, धैर्य र दृढ इच्छाशक्तिको साथ रोज्छ। आजको यो उपलब्धि केवल व्यक्तिगत विजय होइन, भविष्यका हजारौँ युवाहरूका लागि प्रेरणाको उज्यालो दीप हो। सपना देख्ने आँखा साना हुन सक्छन्, तर सोच ठूलो भयो भने इतिहास पनि छिट्टै लेखिन्छ। संघर्षलाई साथी बनाउनेहरू नै समयभन्दा अगाडि सफलताको शिखर चुम्छन्। हार नमानी अघि बढिरहँदा सफलता एकदिन आफैँ ढोका ढकढक्याउँदै आउँछ। उनको परिवारमा उनको बाबा आमाका ६ छोरीहरु हुन ।  १ छोरा र बुहारी भएको परिवारमा ५ छोरीहरु स्थायी निजामती कर्मचारी, छोरा र बुहारी स्थायी शिक्षक छ्न । अझै अब पछाडिको कान्छी छोरी पढ्दै छिन् बहिनी गिता ओलीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु!

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ वैशाख ५ गते शनिबार