आजको राशिफल हेर्नुहोस्, २०८१ कार्तिक ०८ (बिहिवार)




मेष

आज स्वास्थ्यमा खर्च बढ्नेछ । सानो तिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी आउला ।

बृष

आजबाट भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय पनि छ ।

मिथुन

आज भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । सांगीतिक क्षेत्रमा रुचि पनि बढ्नेछ ।

कर्कट

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

सिंह

सानो तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्य प्रति खर्च बढ्न सक्छ तर, बुद्धिको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ ।

कन्या

आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ । शुभारम्भको चर्चा पनि चल्नेछ ।

तुला

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले राम्रै सहयोग गर्नेछन् , तर स्वास्थ्य मापदण्ड अपनाउनु पर्छ ।

बृश्चिक

आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु

नाक तथा घाँटीमा समस्या आउन सक्छ । सामान हराउने वा चोरी हुने सम्भावना छ । बन्न लागेको काम पनि बिग्रिएला ।

मकर

रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

कुम्भ

आज धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापार व्यवसायबाट विस्तारै लाभ हुनेछ ।

प्रकाशित मिति : २०८१ कात्तिक ८ गते बिहीबार