Kohalpur Today Header Ads

लोकतान्त्रिक प्यानलका भट्टराई १ सय १४ मतले अगाडी, प्रगतिशिलका सिग्देल र थारु विजयी




कोहलपुर ।

लोकतान्त्रिक प्यानलका प्रदिप भट्टराई १२ सय मतगणना हुँदा १ सय १४ मतले अगाडी छन् । सदस्यहरुको भने मतगणना सकिएको छ ।

कुल १० सदस्यहरुमध्ये प्रगतिशिल प्यावसायी समूहका अंकित सिग्देल र ढक बहादुर थारु विजयी भएका छन् भने लोकतान्त्रिक प्यानलका ८ जना सदस्य विजयी भएका छन् ।

LIfe Ok

कोहलपुर उद्योग वाणिज्य संघको मतगणना केहीबेरमा सकिने प्रमुख निर्वाचन आयूक्त लोक बहादुर शाहले जानकारी दिएका छन् ।

कार्तिक ३ गते भएको निर्वाचनमा उवासंघका कुल १ हजार ६ सय ६८ जना मतदाता छन् भने १ हजार ४ सय ९५ मत खसेको थियो । एसोसियट्सतर्फ ५५ मत खसेको थियो । यो कुल मतदाता संख्याको ८८.६७ प्रतिशत हो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ कात्तिक ४ गते आइतबार