कोहलपुर ।
कोहलपुर उद्योग वाणिज्य संघको आसन्न कार्तिक ३ गते हुन गइरहेको निर्वाचनमा व्यवसायीहरु शशक्त रुपमा लागेका छन् ।
विहान करिब ७ बजेदेखि नै घरदैलो अभियानलाई साँझा करिब ५ बजेसम्म मतदाताहरुकै घरमा जाने गरेका छन् । उवासंघ कोहलपुरमा लोकतान्त्रिक शमावेशी समूह र प्रगतिशिल व्यवसायी समूहको निकै प्रतिस्पर्धात्मक देखिएको छ ।
दुवै पक्षले आफ्ना आफ्न्त र इष्टमित्रको खोजी गर्दैछन् भने कोहीले व्यवसायीहरुका सम्बन्धका आधारमा भोट खोजीरहेका छन् । हरेकको घरदैलोमा गएको बेलामा मतदाताहरु निरासा देखिएपनि भोट दिने प्रतिबद्धता व्यक्त गर्ने गरेका छन् ।
उवासंघको हाल मतदाता १ हजार ६ सय ६८ जना छन् । अहिले दुई समुहहरु प्यानल बनाएर मतदाता भेटघाटमा व्यस्त छन। दुबै समुहले आआफ्नो प्यानल विजयी हुने दावी गरेका छन् । लकडाउनपछि व्यवसायीहरु समस्यामा छन् । उद्योग वाणिज्य संघ कोहलपुरको निर्वाचनमा विगतका निर्वाचनभन्दा अहिले निकै फरकशैलीबाट अगाडी बढिरहेको देखिन्छ ।
यस्तै प्रगतिशील व्यवसायीक समूहबाट अञ्जना धिताल अध्यक्ष पदका उम्मेदवार हुन् । वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र प्रसाद काफ्ले, उद्योग उपाध्यक्षमा अर्जुन प्रसाद सुबेदी, वस्तुगत उपाध्यक्षमा रुपक भुजेल, महासचिवमा दिपक अर्याल, उप-महासचिवमा गोपाल अधिकारी, कोषाध्यक्षमा गंगा बगाले, सह—कोषाध्यक्षमा टंक प्रसाद खनालले उम्मेदवारी दिएका छन् ।
साथै सदस्यहरूमा अंकित सिग्देल, एक बहादुर खड्का, कृष्ण रानाभाट, ढक बहादुर थारु, परिवर्तन विश्वकर्मा, भानुराज उपाध्याय, मोती प्रसाद सबेदी, रबि प्रसाद कर्माचार्य, र राजिव शर्मा रहेका छन्। महिला सदस्यहरूमा अस्मिता के.सी., प्रतिभा खड्का, र एशोसियट सदस्यमा दिपेश खनाल पनि उम्मेदवार छन् ।
यस्तै लोकतान्त्रिक समावेशी व्यवसायी समूहबाट प्रदिप भट्टराई अध्यक्ष पदका उम्मेदवार हुन् । उनको नेतृत्वमा वरिष्ठ उपाध्यक्षमा चन्डी प्रसाद गैरे, उद्योग उपाध्यक्षमा हरिसरण केसी, वस्तुगत उपाध्यक्षमा राकेश विष्ट, महासचिवमा दिपक बहादुर भण्डारी, कोषाध्यक्षमा भूमिराज कडेल र उप-महासचिवमा राजन कुमार पौडेल, सह-कोषाध्यक्षमा देविलाल सुनार उम्मेदवारी दिएका छन् ।
साथै सदस्यहरुमा अमृत पौडेल, नोखराज रावत, श्रीधर घिमिरे, किरण श्रेष्ठ, अशोक गौडेल, झुपबहादुर भण्डारी, किरण विक, गौरव श्रेष्ठ, र गिरीधारी शर्मा, मान बहादुर बुढाथोकी, राजेन्द्र प्रसाद रिजाल एशोसियट सदस्य रहेका छन् । महिला सदस्यको रूपमा शितल योगी अधिकारी र ममता थापा पनि चुनावि मैदानमा उत्रिएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्