कोहलपुर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) २७ औं जनयुद्ध दिवसको अवसरमा ६१ पिन्ट रगत संकलन भएको छ । कोहलपुर नगर कमिटिको आयोजनामा भएको बृहत रक्तदान कार्यक्रममा ६१ पिन्ट रगत संकलन भएको हो ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश समिति सदस्य तथा कोहलपुर नगर इन्चार्ज नरेन्द्र न्यौपानेले रक्तदान गरी रक्तदान कार्यक्रम सुरु भएको थियो ।

रक्तदान कार्यक्रमा स्व:स्फुर्तरुपमा कोहलपुर नगरका १५ वटै वडाकाबासीहरुले रक्तदान गरेको कोहलपुर नगर समितिका अध्यक्ष अबराज खड्काले बताए ।

खड्का अनुसार जनयुद्धको स्मरण गर्दै माओवादी आन्दोलनमा ज्यान आहुती गर्ने महान् सहिद, घाइते, अपाङ र व्यपक्ता भएका व्यक्तिहरुकोे योगदानको उच्च मुल्याङकन गरी उहाँहरुको सम्झनामा आज रक्तदान कार्यक्रम गरेको बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्