Kohalpur Today Header Ads

कोहलपुरको खानेपानीको ९औं वार्षिक साधारण सभा : १ करोड २९ लाख बढि घाटा




कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका ११ मा रहेको कोहलपुर बृहत शहरी खानेपानी उपभोक्ता संस्थाले ९औं वार्षिक साधारण सभामा १ करोड २९ लाख बढि घाटामा रहेको प्रतिवेदन सार्वजनिक गरेको छ ।

कोहलपुर खानेपानीका अध्यक्ष टेक नारायण भुषालको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीको प्रमुख अतिथ्यतामा ९औं वार्षिक साधारण सभा १ करोड २९ लाख बढि घाटामा रहेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

LIfe Ok

२०७९ श्रावण १ देखि २०८० असार ३१ सम्मको २ करोड ७९ लाख ४ हजार ४ सय ८१ रुपैया घाटामा रहेको प्रतिवेदनमा उल्लेख छ भने २०८० श्रावण १ देखि २०८० असार ३१ सम्म १ करोड २९ लाख ६६ हजार १ सय ६३ रुपैया घाटामा रहेको खानेपानी संस्थाका कोषाध्यक्ष धु्रव आचार्यले सार्वजनिक गरेका थिए ।

यस्तै कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले दीर्घकालीन रूपमा योजना बनाएर अगाडी बढ्नुपर्नेमा जोड् दिएकी थिइन् । नगरपालिकाभित्र शुद्ध खानेपानीको अभाव रहेको र विशेषगरी बजार क्षेत्रका बासिन्दाहरूलाई खानेपानीको अभावका कारण समस्यामा पर्नुपर्ने बाध्यता रहेको बताए ।

‘खानेपानीको समस्या समाधान गर्न सबै राजनीतिक दलहरू, प्रदेश र संघीय सरकारसम्म मिलेर दीर्घकालीन योजना बनाएर अघि बढ्न जरुरी छ’ उनले भनिन्, ‘हाम्रो दैनिक जीवनमा खानेपानी नभई नहुने आवश्यक वस्तु भएकाले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने छ ।’

कोहलपुर बृहत् शहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष टेकनारायण भुसालले आफूहरूको कार्यकालमा उपभोक्ताहरूलाई प्राथमिकता दिइएको उल्लेख गर्दै अहिलेसम्म ६ सय ८० नयाँ धाराहरू जडान गरिएको बताए । विगतमा जडान गरिएका पुराना पाइपहरूमा चुना जमेर पानी आपूर्तिमा समस्या उत्पन्न भएकोले ती पाइपहरूलाई सफा गर्ने र आवश्यक नयाँ पाइपहरू जडान गर्ने काम भइरहेको बताए ।

खानेपानी डिभिजन कार्यलय बाँकेका प्रमुख प्रकाश जङ शाहले दीर्घकालीन समाधानको रूपमा डिप बोरिङ्ग मात्र पर्याप्त नहुने बताए । दीर्घकालीन रूपमा समस्या समाधान गर्न राप्ती नदीको पानीलाई स्रोतको रूपमा प्रयोग गर्न सकिने उनको भनाई थियो । खानेपानीको वार्षिकोत्सवमा विभिन्न राजनितिक दलका प्रमुख प्रतिनिधि तथा अध्यक्षहरुले आफ्नो भनाई राखेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतबार