कविन्द्र परियार, राप्तीसाेनारी ।
राप्तीसोनारी गाउँपालिका वडा न ९ ढकेरीमा जंगली हात्ती आंतकका कारण स्थानीयवासीले हैरानी व्यहोर्नुपरेको छ ।
विगत ३ दिन देखि बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र अन्तर्गतका बुचापुर,खैरी र गुरुवागाउँमा लगाइएको धानबालीमा हात्तीले क्षती पुर्याउन थालेपछि स्थानीयले आगो बालेर थाल,ड्रम ठटाउदै, रातभर पहरा दिने गरेका छ्न ।
हात्तीले खैरीका धन बहादुर वली, ओमप्रकाश परियार, सिह बहादुर वली, प्रेम बहादुर वली, बुचापुर क्षेत्रका पदम बहादुर परियार, भरत थारु लगायतको धानबालीमा खाने र कुल्चिएर क्षेती पुर्याएको छ ।
हात्ती धपाउन स्थानीयवासीले बाटोमा आगो बालेर पहरा दिने गरेको स्थानीयवासी खुम बहादुर खड्काले बताए।
भित्र्याउने बेलाको धानबाली जंगली हात्तीले नोक्सान गर्न थाल्यो निकुञ्जलाई खबर गर्दा वेवास्ता गर्छ रातभर नसुती पहरा दिनुपर्छ खड्काले भने अर्का स्थानीय भरत थारुले जंगली हात्ती गाउँमा पसेपछि निकुञ्जको गस्ती आउनुपर्नेमा त्यसो नभएको बताए ।
खैरीका स्थानीय सिह बहादुर वलीले यता चुकेनालाले खेत कटान गरिरहेको र उता हात्तीले धानबालीमा नोक्सान गरेकोले के खाएर बाँच्ने चिन्ताले सताएको बताए ।
उनले कसैले कुरा नसुनिदिएकोमा दुख व्यक्त गरे । ‘धानबालीको क्षतिपूर्तिका लागि जाउ भने क्षति भएको एक भाग पनि पाइदैन’ उनले भने ।
ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले जंगली हात्ती गाउँमा पसेपछि आफुलाइ जानकारी हुनासाथ निकुञ्ज संग समन्वय गरि हात्ती धपाउन आवश्यक पहल गरिदिन जानकारी गराउने गरेको बताए ।
त्यस्तै बालीनाली क्षती भएमा मध्यवर्ती क्षेत्र समितिलाई जानकारी गराउन समेत अनुरोध गरेका छ्न ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।











प्रतिक्रिया दिनुहोस्