कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका ११ स्थित २ करोडको लगानीमा अत्याधुनिक सुविधा सम्पन्न कोहलपुर सिटि हस्पिटल सञ्चालनमा आएको छ । कोहलपुरको न्यूरोड सिटि मार्गमा कोहलपुर सिटि आज (आइतबार) देखि अत्याधुनिक सुविधा सम्पन्न हस्पिटल सञ्चालनमा आएको हो ।
कोहलपुर सिटि हस्पिटलका एमडी डा. रत्नमणी सुवेदीले २ करोडको लगानीमा सञ्चालन गरेको बताए । उनका अनुसार कोहलपुर मेडिकल कलेज पछिको कोहलपुरमा दोस्रो कोहलपुर सिटि हस्पिटल रहेको उनकोे दावी थियो ।
सुवेदीका अनुसार २४ सै घण्टा इमेरजेन्सी सेवा सहित विशषज्ञे डाक्टरहरुले सेवा प्रदान गर्नेछन् भने फागुन मसान्तसम्म साँझ ४ बजे ६ बजेसम्म सम्पूर्ण रोगहरुको फ्रि चेकअप गर्ने, होलवडी चेकअफ गरेको मात्र ३५००, जेष्ट नागरिकलाई २५ प्रतिशतमा छुट, प्रत्येक महिनाको १ गते ब्लड सुगर जाँच फ्रि हुने बताए ।
यस्तै उनका अनुसार (सी एआरएम) प्रविधिबाट विना चिरफार हाडजोर्नीको अप्रेशन सेवा, इको-कार्डियोग्राफ, इ.सी.जी., इन्डोस्कोपी, भिडियो एक्स-रे, (यूएसजी) जिजिटल एक्स-रे तथा अत्याधुनिक ल्याब, फार्मेसी, हिस्टो प्याथोलोजी, होलवडी चेकजाँच, भेन्टिलेटर सहित आइसीयू सेवा रहेको एमडी डा. सुवेदीले बताए ।
यस्तै सुवदीका अनुसार छाती, मुटु, पेट, सुगर, थाइराईड, रोगको उपचार, महिला तथा स्त्री उपचार सेवा, गर्भवती जाँच, बालरोग उपचार, हाड जोर्नी, नशा तथा बाथरोग उपचार, हर्निया, हाईड्रोशिल, फिसर, फिस्स्टुला, पाइल्स सिष्ट तथा विरामी भर्ना सेवा सहित सम्पूर्ण रोगको विषेश छुटका साथ उपचार हुने उहाँको भनाई थियो ।
कर्णाली प्रदेश, सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई केन्द्रित गरेर कोहलपुर सिटि हस्पिटल सञ्चालन आएको एमडी डा. रत्नमणी सुवेदीले बताए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्